राताम्मे बन्याे शेयर बजार, करिब ६ अर्बको कारोबार
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | १५:४१:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको हो । आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् । आज सर्वाधिक हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । यी समूहको शेयरमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।
आज कारोबार भएका सबै कम्पनीहरु घटेका छन् । यसमध्ये पनि अप्पर तामाकोशी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३२ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस