सवारी दुर्घटनामा एक जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १२:०२:०० मा प्रकाशित

काठमाडाैं । सवारी दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ । रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको ज्यान गएकाे हाे । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ ।
बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मुत शरीरलाइ पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार ठक्कर दिएर भागेको सवारी साधनको खोजतलास भइरहेको छ । साथै, मृतकको पहिचान गर्नको लागि प्रहरीले स्थानीयसँग सहयोगको अपिल गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस