राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबारका लागि बस्दै छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दै हाे । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएकाे छ ।

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताइएकाे छ ।

कांग्रेसको पदाधिकारी बैठक कार्य सम्पादन समिति बैठक अगाडि बसेको हो ।

गाउँ सहर संवाददाता