राजनीति

देशैभर एकै चरणमा वैशाख ३० गते स्थानीय निर्वाचन

तस्विर : गाेबिन्द परियार

काठमाडाैं । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेकाे छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनको दफा ५५ मा जनप्रतिनिधिहरूलाई निर्वाचित भएको मितिको ७ औं दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था छ । २०७९ साल जेठ ४ गते निर्वाचन गर्दा त्यसको ७ दिनपछि जेठ ११ गते मात्रै नयाँ पदाधिकारीले पदभार ग्रहण गर्न पाउनेछन्  ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत