गाउँ सहर

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध युवासंघले अख्तियारमा उजुरी दिने

काठमाडाैं । स्वास्थ्य मन्त्री विरोध खतिवडा विरुद्ध उजुरी दर्ता हुने भएकाे छ । एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छन् । 

मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ ।

गाउँ सहर संवाददाता