राेजगारी : काठमाडौं महानगरपालिकाले २१ सुपरिवेक्षक र २१० गणक माग्यो
- १८ माघ मंगलबार, २०७८ | ०९:०९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक माग गरेको छ ।
महानगरअन्तर्गत गरिब परिवार पहिचान गर्न इच्छुकले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।
२१ जना सुपरिवेक्षक र २१० जना गणक माग भएको महानगरले बताएको छ ।
सुपरिवेक्षकका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्छन् ।
आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक)मार्फत सोही प्रणालीमा तोकिएको सर्तानुसार यही माग २४ गतेभित्र दिई सक्नुपर्ने जनाइएको छ । भौतिक आवेदनहरू मान्य नहुने पनि जनाइएको छ ।
प्रणालीमार्फत प्राप्त भएका आवेदनहरू स्वीकृतपश्चात् व्यक्तिको इमेलमार्फत सीप परीक्षणका लागि जानकारी दिइनेछ । छनोट भएका उमेदवारहरूलाई अन्तर्वार्ताका लागि निजको इमेलमार्फत जानकारी गराइने महानगरले जनाएको छ ।
यो सूचनाअनुसार आवेदन फराम भर्दा कुनै शुल्क लाग्ने छैन ।
प्रतिकृया दिनुहोस