श्रीनिवास नेपाली क्रिकेटकाे फिल्डिङ प्रशिक्षक कन्सल्ट्यान्ट
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | ११:४५:०० मा प्रकाशित
काठमाडौं । नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा भारतीय मुलका प्रशिक्षक रघु राम श्रीनिवासलाई नियुक्त भएका छन् ।
क्यानले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ ।
क्यानले आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका लागि श्रीनिवासलाई नियुक्त गरेको हो ।
क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए।
श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘प्रशिक्षक रघुले म अमेरिकामा हुँदा सँगै काम गरेका थिए। उनी निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । जसले नेपालको केही कमजोर पक्षमा काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु ।’
उनी अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।
नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ ।
ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ । यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।
नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी-२० विश्वकप ग्लाेबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी-२० सिरिज खेल्दैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस