अर्थतन्त्र
सुनकाे मूल्य आज पनि घट्याे
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | ११:१६:०० मा प्रकाशित

काठमाडाैं । सुनको मूल्य सोमबार पनि घटेकाे छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस