स्वास्थ्य

नेपाल आइपुग्याे १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

काठमाडाैं । कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा नेपाल आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् । 

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको चौरसियाले बताएका छन् ।

गाउँ सहर संवाददाता