स्थायी शिक्षक पदमा आवेदन माग गरेको भन्दा २ लाख बढीले दिए आवेदन
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १२:११:०० मा प्रकाशित

काठमाडाैं । स्थायी शिक्षक पदमा आवेदन माग गरेकोमा २ लाखभन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा स्थायी शिक्षक पदमा आवेदन माग गरेकोमा २ लाखभन्दा बढीको आवेदन परेको आयोगले जनाएकाे छ ।
आइतबारसम्म दुई लाख १८ हजार ३८३ जनाले आवेदन भरेका छन् ।
माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ । सोही तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेकाे आयोगले जनाएकाे छ । याे पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ ।
आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन् । निम्न माध्यमिकको माघ १५ र प्राथमिक तहको माघ २० गतेसम्म आवेदन फाराम बुझाउने अवधि छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले आवेदन फाराम भर्ने उम्मेदवारको सङ्ख्या तुलनात्मक रूपमा कम भएको जनाए,उनले भने “आवेदन फाराम भर्ने उम्मेदवारको सङ्ख्यामा कमी आउनुका कारण बारे विश्लेषण गरिसकेका छैनौँ तर विगतमा एकभन्दा बढी प्रदेशबाट पनि फाराम भर्ने गरेका थिए ।
याे पटकबाट एक स्थानमा मात्र फाराम भर्न सकिने व्यवस्थाले यो सङ्ख्यामा कमी आएको हुनसक्छ । आयोगले माध्यमिक तहका उम्मेदवारबाट तीन करोड ६५ लाख ८२ हजार रुपियाँ, निम्न माध्यमिक तहका उम्मेदवारबाट छ करोड सात लाख पाँच सय रुपियाँ र प्राथमिक तहका उम्मेदवारबाट छ करोड ७५ लाख ४३ हजार पाँच सय रुपियाँ गरी १४ करोड ४८ लाख २६ हजार रुपियाँ राजस्व उठाइसकेको बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस