गाउँ सहर

श्रीमानले गरे श्रीमतीकाे हत्या

काठमाडाैं । श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् ।  कैलालीमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जानकारी दिएकाे छ । 

घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रविन विष्टले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता