अर्थतन्त्र

साेमबार सुनचाँदीकाे मूल्य कति छ ?

काठमाडाैं । सुनको मूल्य आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । आइतबार सुनको मूल्य तोलामा तीन सयले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।  

चाँदीको मूल्य पनि स्थिर छ । हिजो चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता