गाउँ सहर

एक हप्ताका लागि सदर चिडियाखाना बन्द

काठमाडाैं । काेभिड संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक हप्ताका लागि बन्द गरिएको छ । लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना पुन एक साताका  लागि बन्द गरिएको जनाइएकाे छ ।

आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिएकी छन् ।  अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइने उनले बताइन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत