एक हप्ताकाे अवधिमा विश्वभर २ करोड बढीमा कोरोना संक्रमण
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १०:२८:०० मा प्रकाशित

काठमाडाैं । एक सातामा विश्वभर मात्रै २ करोडभन्दा धेरै कोरोनो सङ्क्रमित थपिएका छन् । गत ७ दिनमा विश्वभर २ करोड २३ लाख ९१ हजार ८ सय १९ नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।
यूरोपमा मात्रै ९० लाख ४९ हजार ४५७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै उत्तर अमेरिकामा ५७ लाख ४९ हजार १९९, एसियामा ४२ लाख ७५ हजार ९७१, दक्षिण अमेरिकामा २४ लाख १ हजार ८०९, महासागरमा ५ लाख ५ हजार ७७७ तथा अफ्रिकामा २ लाख ७६ हजार ६०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अघिल्लो हप्ताको तुलनामा विश्वभर १० प्रतिशतले सङ्क्रमित थपिएका छन्। अघिल्लो हप्ता विश्वभर २ करोड ४ लाख ४० हजार ५५ जना सङ्क्रमित थपिएका थिए ।
यो हप्ता विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या पनि १० प्रतिशतले नै बढेको छ। यो हप्ता ५४ हजार २२ जनाको मृत्यु भएको छ ।
अघिल्लो हप्ता ४९ हजार ३५५ जना सङ्क्रमितले ज्यान गुमाएका थिए। यस्तै यो हप्ता १ करोड ११ लाख ५ हजार १ सय ९ जना निको भएका छन् ।
विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड ९७ लाख नाघेको छ। जसमध्ये २७ करोड ८० हजार निको भएका छन् भने ५६ लाख ९ हजारको मृत्यु भएको छ ।
अझै पनि ६ करोड ६० लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस