उपत्यकामा सवारी सञ्चालनमा थप कडाई
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १४:३७:०० मा प्रकाशित
काठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएसँगै शुक्राबार रातिदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जोरबिजोर प्रणाली लागू गरेकाे छ ।
उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएसँगै भक्तपुरमा सवारी साधनमाथि कडाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्था र वायु सेवाका कर्मचारीले सवारी साधन प्रयोग गर्न सक्ने, सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास परिचयपत्र रहेको संचारकर्मीले पनि सवारी साधन प्रयोग गर्न सक्ने छन् ।’
सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधन हरेक दिन चलाउन पाउने भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस