महमा झेली : ‘स्पर्श हनी’ नाम राखेर नक्कली मह उत्पादन गर्ने पक्राउ
- गाउँ सहर संवाददाता
- ७ माघ शुक्रबार, २०७८ | १३:५९:०० मा प्रकाशित
.png)
काठमाडाैं । नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् ।
गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौं-२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे ।
आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए ।
कुँवरका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएका थिए ।
त्यो कम्पनीले ‘स्पर्श हनी’ नामको लेबल टाँसेर बिक्री वितरण गर्ने गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस