स्वास्थ्य

काेराेना नेपालः एकैदिन ६ हजार ७३४ कोरोना संक्रमित थपिए, ५४७ निकाे, तीनकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा साढे ६ हजारबढी कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार तीनजनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना निकाे भएका छन् ।

१७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो । संक्रमितमध्ये ५ हजार ७४७ जना पीसीआर र ९८७ जना एन्टीजेन परीक्षणबाट संक्रमित थप भएका हुन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता