गाउँ सहर

विवाह तथा ब्रतबन्धमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने

  • ३ माघ सोमबार, २०७८ | ०७:४८:०० मा प्रकाशित

काठमाडौं । सरकारले स्मार्ट लकडाउन सुरु गरेपछि विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने नियम लागू गरेकाे छ । 

फैलदै गएकाे काेराेना संक्रमण नियन्त्रण गर्न सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । जसअनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने निर्णय गरेकाे हाे । त्यसैगरि पार्टी प्यालेसमा बढीमा ५० जनामात्रै हुनुपर्ने व्यवस्था गरेको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

 सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी बैठक, गोष्ठी भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछिमात्रै गर्नुपर्ने, सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तैगरी विद्यालय, क्याम्पस माघ १५ गतेसम्म भौतिकरुपमा उपस्थित नगर्ने निर्णय गरेको छ ।

मठ मन्दिर, गुम्बालगायतका जनस्वास्थ्यका पालना नित्य पूजामात्रै गर्ने गराउने, सुपरमार्केटमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ । 

तपाईँको मत