गाउँ सहर

बलात्कार गरेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

बर्दिया । बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दियामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हाे । जिल्लाको राजपुर  नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ परेका थारुले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता