स्वास्थ्य

एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडाैं । एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

पोखरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका हुन् ।

कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो, उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय दलका नेताहरूलाई पनि धमाधम कोरोना संक्रमण भइरहेको छ ।

एमाले महासचिव पोखरेल माओवादी महाधिवेशनको उद्घाटनमा गएका थिए ।

 

गाउँ सहर संवाददाता