प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १४:२५:०० मा प्रकाशित

काठमाडाैं । राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको हाे । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने विषयमा सबै सर्वदलीय बैठकमा सहमति भएको जानकारी दिएका छन् ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन भएको छ ।
सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मिथिला भोजपुरा, मधेस, जानकी, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको भएको त्यसमा कुनै पनि सहमति नजुटेको एक नेताले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस