अर्थतन्त्र

घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार  आठ सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२२० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता