शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्ने
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १०:३४:०० मा प्रकाशित

काठमाडाैं । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्दैछ । कोभिड १९ संक्रमण तीब्र बन्दै गएपछि शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्न लागेकाे हाे ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी )को आइतबार बसेको बैठकले कोभिड संक्रमण उच्च बनेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सीसीएमसीसीको सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ । सीसीएमसीको सिफारिसबारेमा छलफल गरी आज निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।
केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ भने केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।
सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।
राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न सिफारिस गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस