आज पुष्टि भएका संक्रमित काठमाडौं उपत्यकामै आधाभन्दा बढि
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १६:५९:०० मा प्रकाशित

काठमाडाें । मुलुकभर आज (आइतबार) १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लाे समय एकैदिन यति धेरै संख्यामा काेराेना संक्रमित थपिएका हुन् । थपिएका संक्रमित काठमाडाैं उपत्यकामा मात्रै आधाभन्दा बढि छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो ।
काठमाडौं उपत्यकामा थपिए ६१५ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ संक्रमित थपिएका हुन् ।
यस्तै गत २४ घण्टामा देशभर दुई जनाको मृत्यु भएको छ ।
यस्तै २२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३ हजार ७८४ एन्टिजेन परीक्षण भएको छ ।
हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ सय २४ संक्रमित निको भएसँगै हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् भने ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस