गाउँ सहर

आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलायाे, यी चाहिन्छन् याेग्यता र अनुभव

 

काठमाडाैं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । 

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । 

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँसहित २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

गाउँ सहर संवाददाता