मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँसहित युवक पक्राउ
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १६:५१:०० मा प्रकाशित
जनकपुरधाम । मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदा मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव छन् ।
यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको सशस्त्र प्रहरी निरीक्षक सजय बरालले जानकारी दिए ।
बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयांकीमा बिर्काेको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।
पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस