मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँसहित युवक पक्राउ
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १६:५१:०० मा प्रकाशित
जनकपुरधाम । मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदा मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव छन् ।
यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको सशस्त्र प्रहरी निरीक्षक सजय बरालले जानकारी दिए ।
बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयांकीमा बिर्काेको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।
पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस