काेराेनाविरूद्धकाे अतिरित्त खाेप लगाउने पाउने समूहमा काे काे ?
- गाउँ सहर संवाददाता
- १९ पौष सोमबार, २०७८ | १९:३०:०० मा प्रकाशित

काठमाडाैं । सरकारले ६ प्रकारका बिरामीलाई मात्र कोभिड–१९ विरुद्धको अतिरिक्त मात्रा (खोपको डोज) दिने निर्णय गरेको छ ।
सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई भोलि मङ्गलवारदेखि कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको हाे । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अतिरित्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू प्रयोग गरिरहेका बिरामीले पाउने छन् ।
यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिले पनि अतिरिक्त खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि जुन खोप लगाएको हो, अतिरिक्त मात्रामा पनि त्यही खोप दिइनेछ ।
यो खोप बुस्टर डोज नभइ कमजोर स्वास्थ्य भएका व्यक्तिलाई दिने अतिरिक्त मात्रा भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गइ थप मात्रा खोप लगाउन अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस