माओवादीको आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान
- गाउँ सहर संवाददाता
- १७ पौष शनिबार, २०७८ | १७:३५:०० मा प्रकाशित

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निकालेको तालिकाअनुसार उम्मेदवारी दर्ता शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख छ ।
माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।
शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन समितिले १ हजार ७४२ जनाको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक नाम अनसार माओवादी महाधिवेशन आयोजक समितिमा १८५, केन्द्रीय सल्लाहकार १४८, जेष्ठ कम्युनिष्ट मञ्चबाट ११६ जना रहेका छन् ।
यस्तै विभिन्न आयोगहरु निर्वाचनबाट २२, लेखाबाट, १४, अनुशासनबाट १६ जना रहेका छन् ।
यसैगरी केन्द्रीय प्रतिनिधि ३७, विभागबाट ९५, प्रदेश नम्बर १ बा ११२, प्रदेश नम्बर २ बाट १३२, बागमती प्रदेशबाट १३३, गण्डकी प्रदेशबाट ७८ र कर्णाली प्रदेशबाट ९३ रहेका छन् ।
यसैग्री लुम्बिनीबाट ११२, सुदूरपश्चिमबाट ८८, सम्पर्क समन्वयबाट ५०, उपत्यका विशेष प्रदेशबाट ४६, प्रवाशबाट ३९, पूर्व पीएलएबाट ४८, पार्टी एकताबाट आएका ३० र मनोनित १४८ जना मतदाता रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस