माओवादीकाे विधान मस्यौदा सर्वसम्मतले पारित, पदाधिकारी समावेशी बनाइने
- गाउँ सहर संवाददाता
- १७ पौष शनिबार, २०७८ | १३:३३:०० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट विधान पारित भएको छ । साे विषयमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान पारित भएको जानकारी दिए ।
शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि उनले जवाफ दिएपछि पार्टी विधान पारित भएको हो ।
बन्दसत्रमा उठेका सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान पारित गर्न नेता गुरुङले आग्रह गरेपछि महाधिवेशनबाट पार्टीको विधान मस्यौदा सर्वसम्मतिले पारित गरेको हो ।
अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस