‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- १६ पौष शुक्रबार, २०७८ | ०८:१४:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
लिगको सातौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुन लागेका हुन् ।
पहिलो खेलमा दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
त्यसैले आर्मीलाई हराउँदै एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ । तर, बलियो आर्मीविरुद्ध एपीएफलाई जित निकाल्न कठिन हुनेछ । आर्मी ६ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । एपीएफलाई हराउन सकेमा आर्मी शीर्ष तीन भित्र उक्लने छ।
यस्तै दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । फ्रेन्ड्स र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ । फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो ।
एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । फ्रेन्ड्सलाई हराएर एनआरटी अंक तालिका सुधार गर्ने योजनासहित मैदान प्रवेश गर्नेछ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस