पछिल्लो २४ घन्टामा फ्रान्समा १ लाख ७९ हजार ८०७ जना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १४:२०:०० मा प्रकाशित
एजेन्सी । एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएकाे हाे । युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखा परेकाे छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ ।
युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित बढिरहेका छन् ।
बेलायतमा पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ९३ जना, इटालीमा ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रिसमा २१ हजार ६ सय ५७ जनामा संक्रमण फेला परेका छन् ।
क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले युरोपमा कोरोना तीव्र रूपमा फैलिएको जनाइएकाे छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको पछिल्लो लहरबाट युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस हुनसक्ने चेतावनी दिएको छ ।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्नसक्ने र अधिकांश अस्पताल कोभिडका विरामीले भरिने बताएका छन् ।
फ्रान्स सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस