स्वास्थ्य

भारतका २१ राज्यमा फैलियाे ओमिक्रोन, कति पुगे संक्रमित ?

काठमाडाैं । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा फैलिसकेको छ ।  भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ ।

नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । 
भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।

अघिल्लो दिनको तुलनामा यो संख्या ४४ प्रतिशतले बढी जनाइएकाे छ । 

 

 

गाउँ सहर संवाददाता