झुण्डिएको अवस्थामा दुई जना फेला
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | १०:३४:०० मा प्रकाशित

कैलाली । एक किशोर र किशोरी मृत अवस्थामा फेला परेका छन् । कैलालीमा एक किशोर र किशोरी मृत फेला परेका हुन् । जिल्लाको गौरीगंगा नगरपालिका ३ जुनेली शिविरकी १६ वर्षीया सञ्जु चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
आइतबार राति सञ्जु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी र मायाराम घरभन्दा दुई सय मिटर टाढा रहेको वनको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारि दिएकाे छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जुको मृत्युको १५ मिनेटपछि मायारामले पनि आत्महत्या गरेको पाइएको छ ।
दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस