रामेछापकाे दिमीपोखरीमा खानेपानी याेजनाले गति लियाे
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | ११:२३:०० मा प्रकाशित
रामेछाप । रामेछापकाे सुनापति गाउँपालिका-२, साबिक दिमीपोखरीमा खानेपानी याेजना कार्याम्भ भएकाे छ ।
राम्चे-मानपुर-आलाम्पुर-जाँतेसम्मको खानेपानी याेजना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मन्थली रामेछापद्वारा सञ्चालित फलाँटे गैँरा खानेपानी पहिलो खण्डकाे उद्घघाटन तथा दोस्रो खण्डकाे शिलान्यास गरिएकाे छ ।
नेपाली कांग्रेस बाग्मती प्रदेश सदस्य तथा गत निर्वाचनका प्रदेशसभा सदस्यका उम्मेद्वार जीतबहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे विद्यार्थी नेता चन्द्रबहादुर मगरले जानकारी दिए ।
.jpg)
'एक घर, एक धारा' भन्ने मुल नाराकासाथ फलाँटे गैँरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सभापति बेनबहादुर थापा मगरको सभापतित्वमा पहिलाे खण्ड उद्घाटन तथा दोस्रो खण्ड शिलान्यास भएकाे हाे ।
साथै, साेही अवसरमा दिमीपोखरी नेपाली कांग्रेस गाउँ कार्यसमितिको वडा कार्यालय पनि उद्घाटन गरिएकाे छ ।
.jpg)
पार्टी कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेस वागमति प्रदेश सभा सदस्य जीतबहादुर मगरले अब कांग्रेसकै नेतृत्वमा विकास, र समृद्धि हुने बताउँदै कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वडा तहदेखि मुलुकका संकट समाधानका लागि अब लोततन्त्रवादी शक्तिले सक्ने हुँदा अब गाउँगाउँबाट जनता कांग्रसको जनलहर लिएर अघि बढ्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस