राजनीति

माओवादी केन्द्रको निर्णय : १५ पदाधिकारी बनाउने, वरिष्ठसहित ७ उपाध्यक्ष र ३ सचिव

काठमाडाैं ।  माओवादी केन्द्रले पार्टीको आठौं महाधिवेशन पछि पार्टी पदाधिकारी १५ जना बनाउने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको निर्णय लिन अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको वैठकले १५ जनाको पदाधिकारी बनाउने निर्णय पारित गरेको जनाइएकाे छ ।

यो अन्तरिम विधान अव महाधिवशेनले पारित गरेपछि सोही अनुसारको पदाधिकारी माओवादीमा रहने छ ।

अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना रहने गरी केन्द्रीय समितिले विधान संसोधन प्रस्ताव पारित गरेको एक केन्द्रीय सदस्य जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता