घलेगाउँमा ‘घरबास’ — उपयुक्त समय, जाने होइन ?
- गाउँ सहर संवाददाता
- १० पौष शनिबार, २०७८ | ०९:०९:०० मा प्रकाशित

लमजुङ्ग, घलेगाउँ । ग्रामीण पर्यटन र पर्यटककाे उपयुक्त गन्तब्य हाे - लमजुङ्गकाे, घलेगाउँ । विसं २०५७ सालदेखि विधिवत पर्यटन यात्रा सुरू गरेकाे घलेगाउँ ०७८ सम्म आइपुग्दा अब्बल ग्रामीण पर्यटनको आधार बन्न पुगेको छ । सार्क राष्ट्रको नमूना गाउँको रूपमा समेत परिचित यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव बस्ती हो । लमजुङको यस घलेगाउँ नमूना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित छ जहाँ गुरुङ समुदायको अत्यधिक बसोबास भएको गाउँ हो ।
परम्परागत गुरुङ संस्कृति, घांटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो ।
नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे आदिका लागि प्रख्यात छ याे गाउँ । घलेगाउँको प्रमुख आयस्राेत नै पर्यटन व्यवसाय हो । घरबास बाटै महिनाकाे नकमाउँदा पनि ३० हजार बढी एक परिवारले कमाएका छन् । हिमालको काखमा रहेको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।
याे सबैकाे श्रेयका पात्र हुन् प्रेम घले, जसकाे परिकल्पना र याेजनाले याे स्थान आज प्राप्त गरेकाे छ । संस्थापक घले भन्छन्- "घरबास त छँदैछ, अब हामी नयाँ पर्यटनमार्फत देश तथा विदेशकाे आकर्षक गन्तब्य बन्दैछाैँ ।"
तस्बिरहरू आफैँ बाेल्छन्ः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस