ग्लोबल आईएमई बैंक डिजिटल बैंकिङबारे साक्षरता अभियानमा गाउँ-गाउँ
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १९:४४:०० मा प्रकाशित
.png)
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सातै प्रदेशका गाँउदेखि सहरसम्म डिजिटल बैंकिङ साक्षारता कार्यक्रमहरू आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वाग्मती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरू सञ्चालन गरिसकेको छ । उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिने जनाइएको छ ।
बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलाएको बैंकले जनाएको छ ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको जनाइएकाे छ ।
आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउन जरुरी रहेको बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
प्रतिकृया दिनुहोस