गाउँ सहर

घरको पाँचौं तलाबाट हाम फाल्दा महिलाकाे मृत्यु

इलाम । घरको छतबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–८ को धोबिधारा नजिकै एक महिलाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हाे ।

५२ वर्षीया कोकिला प्रधान आफ्नै घरको पाँचौं तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएकाे छ । 

ती महिला मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जनाएकाे छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ ।

गाउँ सहर संवाददाता