तपाईँका बालबालिकालाई खोप लगाउन छुट्याे की ?
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | ०८:२४:०० मा प्रकाशित
काठमाडौं । तपाईँका बालबालिकालाई खोप लगाउन छुट्याे की ? यदि त्यसाे हाे भने फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि फाइजर खोपको दोस्रो मात्रा बुधबारका लागि छाउनीस्थित नेपाली सैनिक अस्पतालमा व्यवस्था गरिएको बताए ।
स्वास्थ्य कार्यालयले हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोप दिइरहेको छ । उनका अनुसार सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइनेछ ।
स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले पहिलो वा दोस्रो मात्रा खोप एकै पटक लगाउन पाइने जानकारी दिँदै अब हरेक केन्द्रमा दुवै खोपको व्यवस्था गरिएको बताए । उनले दुवै खोपको व्यवस्था मङ्गलबारबाट गरिएको बताउँदै अस्पतालबाहेक प्रमुख चार नाकाबाट पनि खोपको व्यवस्था गरिएको बताए । कोटेश्वर, नयाँ बसपार्क, कलङ्की र बल्खुमा खोपको व्यवस्था गरिएको छ ।
हाल मोडर्ना खोप लगाएका ५७ जिल्लाबाहेकका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन लागेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस