राजनीति
कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | ०९:४५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुन: सुरु गरिएको हो। पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।
मधेसी महिला र पुरुषको चार सय मतगणना हुँदा खुला महिलातर्फ ५ सय मत गनिएको निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले गाउँसहरलाई जानकारी दिए । खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ ।
यसअघि हिजो पुरुष खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस