संवैधानिक अधिकार खोसेर लिनुपर्छ–उपसभामुख शर्मा
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | ०९:०९:०० मा प्रकाशित

पोखरा ।गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताएकी छन् ।
नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उनले त्यसका लागि महिलाहरु संगठित भएर लाग्नुपर्ने aताएकी हुन् ।
महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने उनको विचार रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापति डण्डराज शर्मा र कृष्णप्रसाद तिमिल्सिनाले विश्व व्यापिरुपमा फैलिएको कोभिड १९ को जोखिमको अवस्थामा रेडक्रसले आफ्ना सम्पूर्ण सेवामा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।
संस्थाका मन्त्री धर्मराज अधिकारी,कार्यक्रम संयोजक एवम रेडक्रस सोसाईटीका उपमन्त्री उर्मिला खड्का, पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइराला लगायतले रेडक्रमको महत्व माथि प्रकाश पारेको उक्त तालिममा कास्कीका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाहरुको सहभागिता रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस