यी ३५ जना जाे कांग्रेस खुला केन्द्रीय सदस्यमा विजयी भए, कसकाे कति मत ? (मत परिणामसहित)
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | २१:०४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना सम्पन्न भएको छ ।
शनिबारदेखि थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले चुनाव लडेका थिए ।
खुलातर्फ केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवाको वर्चस्व कायम भएको छ । खुलातर्फ निर्वाचित ३५ मध्ये २५ जनाभन्दा धेरै देउवा पक्षका उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार मात्रै विजयी भएका छन् ।
शेखर कोइराला समूहबाट अर्जुननरसिंह केसी, रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दीपक गिरी, गोविन्दराज पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु शिवाकोटी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
दुवै गुटबाट उम्मेदवार बनेका पूर्वमहामन्त्री शशांक कोइरालाले सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवा समूहका एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र गोपालमान श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत र नेविसंघका अध्यक्ष राजिव ढुंगानाले पनि केन्द्रीय सदस्य जितेका छन् । त्यस्तै, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मदनबहादुर अमात्य, उमेशजंङ्ग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मोहन आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
खुलातर्फ ९९ जना उम्मेदवार थिए । कांग्रेसका सभापतिसहित १३४ पदकालागि गत सोमबार मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म १३ पदाधिकारी र खुला केन्द्रीय सदस्यको मतगणना गरेको छ ।
विजयी भएका ३५ सदस्य
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट अधिकांश नयाँ अनुहारले केन्द्रीय समितिमा अवसर पाएका छन् ।
खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्यमध्ये १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । अन्य क्लष्टरबाट पनि पहिलोपटक केन्द्रीय सदस्य बन्नेहरुको संख्या उल्लेख्य रहेको छ ।
यी हुन् पहिलो पटक केन्द्रीय समितिमा निर्वाचित १६ सदस्य
उदयशमशेर राणा
रामहरी खतिवडा
जितजंग बस्नेत
नैनसिंह महर
कुन्दनराज काफ्ले
गुरु बराल
सञ्जयकुमार गौतम
डा.गोविन्दराज पोखरेल
राजीव ढुंगाना
दिनेश कोइराला
मदनबहादुर अमात्य
अजयबाबु शिवाकोटी
उमेशजंग रायामाझी
गणेश लामा
मोहन आचार्य
कृष्णकिशोर घिमिरे
हेर्नुहोस् केन्द्रीय सदस्यमा कसले कति मत पाए?

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस