कांग्रेस खुला सदस्य मतगणना : खुलातर्फ ३५ जनामा काे-काे अगाडी ? (मत परिणामसहित)
- गाउँ सहर संवाददाता
- ३ पौष शनिबार, २०७८ | १८:३१:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
- शशांक कोइराला-८८२
- बालकृष्ण खाँण-७९७
- उदयशमशेर राणा -७५१
- रमेश लेखक-७०३
- दिलेन्द्रप्रसाद बडु-६८५
- बलबहादुर केसी-६९८
- मोहनबहादुर बस्नेत -६९१
- ज्ञानेन्द्रबहादुर कार्की-६७८
- गोपालमान श्रेष्ठ -६५७
- एनपी साउद-६१३
- दिनेश कोइराला -६१३
- रामशरण महत-६०९
- अर्जुननरसिङ केसी- ६०२
- गुरु बराल-६०१
- सुनिलबहादुर थापा-६००
- कुन्दनराज काफ्ले-५९९
- गणेश लामा-५८९
- जिपछिरिङ लामा-५८८
- रामहरि खतिवडा-५७८
- गोविन्द भट्टराई -५६६
- नैनसिंह महर-५१४
- जीतजङ्ग बस्नेत-५१३
- सुरेन्द्रराज पाण्डे-५०१
- तारणीदत्त चटौत-४६७
- त्रैलोक्यप्रताप सेन-४६५
- लोकेश ढकाल-४५५
- टेकराज पौडेल-४१३
- मदन अमात्य-४०९
- पद्यनारायण चौधरी-३९९
- केदार कार्की-३९६
- अजयबाबु सिवाकोटी- ३९२
- मोहन आचार्य-३९०
- शंकर भण्डारी-३८८
- धावा गुरुङ-३८६
- सुरेशचन्द्र चालिसे-३८२
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो । महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ कलस्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएका क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा उल्लेख छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस