भुटानलाई ४-० ले हराउँदै नेपाल फाइनलनजिक
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | २१:४९:०० मा प्रकाशित

काठमाडाैं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला फुटबलमा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ।
शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै फाइनल सम्भावना बलियो बनाएको हो।
ढाकास्थित शहिद सिपाही मुस्तफा कमाल स्टेडियममा सम्पन्न खेलमा नेपालले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो।
नेपालका लागि मेनुकाकुमारी आलेमगरले सविता रानामगरको पासलाई हेड गर्दै पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
नेपालका लागि दोस्रो गोल कुसुम खतिवडाको नाममा रह्यो। उनले १८ औं मिनेटमा गोलरक्षक अघि बढेको अवस्थामा आकर्षक चिप गर्दै नेपाललाई २-० को अग्रता दिलाइन्।
त्यसको ३ मिनेटपछि नै रजनी थोकरले नेपाललाई ३-० को अवस्थामा पुर्याइन्।
उनले भुटानी खेलाडीले अफसाइड कल गर्दै उनलाई खुल्ला छोडेपछि सहज रुपमा डि बक्सबाट गोल गरेकी थिइन्।
दोस्रो हाफमा नेपालले थप १ गोल गरेको थियो। ७२ औं मिनेटमा कुसुम खतिवडाले गोलरक्षक बिट गर्दै कटाएको बललाई मेनुकाकुमारी आलेमगरले खाली पोस्टमा सहज गोल गरेकी थिइन्। उनको यो व्यक्तिगत दोस्रो गोल हो।
जितसँगै नेपालले अंक तालिकामा बंगलादेशको बराबर ७ अंक बनाएको छ। नेपालले तेस्रो खेलमा दोस्रो जित निकाल्दै बंगलादेशको बराबर ७ अंक बनाएको हो।
शुक्रबारनै भएको अर्को खेलमा साविक च्याम्पियन बंगलादेशले भारतलाई १-० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको थियो।
नेपाल र बंगलादेश अहिलेसम्म शीर्ष २ मा रहेका छन्।
अन्तिम खेलमा नेपालले १९ डिसेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। उक्त खेलमा नेपालले भारतलाई बराबरीमा रोकेमात्रै पनि फाइनलमा पुग्ने छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस