भुटानलाई ४-० ले हराउँदै नेपाल फाइनलनजिक
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | २१:४९:०० मा प्रकाशित
काठमाडाैं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला फुटबलमा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ।
शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै फाइनल सम्भावना बलियो बनाएको हो।
ढाकास्थित शहिद सिपाही मुस्तफा कमाल स्टेडियममा सम्पन्न खेलमा नेपालले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो।
नेपालका लागि मेनुकाकुमारी आलेमगरले सविता रानामगरको पासलाई हेड गर्दै पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
नेपालका लागि दोस्रो गोल कुसुम खतिवडाको नाममा रह्यो। उनले १८ औं मिनेटमा गोलरक्षक अघि बढेको अवस्थामा आकर्षक चिप गर्दै नेपाललाई २-० को अग्रता दिलाइन्।
त्यसको ३ मिनेटपछि नै रजनी थोकरले नेपाललाई ३-० को अवस्थामा पुर्याइन्।
उनले भुटानी खेलाडीले अफसाइड कल गर्दै उनलाई खुल्ला छोडेपछि सहज रुपमा डि बक्सबाट गोल गरेकी थिइन्।
दोस्रो हाफमा नेपालले थप १ गोल गरेको थियो। ७२ औं मिनेटमा कुसुम खतिवडाले गोलरक्षक बिट गर्दै कटाएको बललाई मेनुकाकुमारी आलेमगरले खाली पोस्टमा सहज गोल गरेकी थिइन्। उनको यो व्यक्तिगत दोस्रो गोल हो।
जितसँगै नेपालले अंक तालिकामा बंगलादेशको बराबर ७ अंक बनाएको छ। नेपालले तेस्रो खेलमा दोस्रो जित निकाल्दै बंगलादेशको बराबर ७ अंक बनाएको हो।
शुक्रबारनै भएको अर्को खेलमा साविक च्याम्पियन बंगलादेशले भारतलाई १-० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको थियो।
नेपाल र बंगलादेश अहिलेसम्म शीर्ष २ मा रहेका छन्।
अन्तिम खेलमा नेपालले १९ डिसेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। उक्त खेलमा नेपालले भारतलाई बराबरीमा रोकेमात्रै पनि फाइनलमा पुग्ने छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस