सिद्धार्थ बैंकको प्रमुख कार्यकारीमा सुन्दरप्रसाद कँडेल नियुक्त
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | २०:०६:०० मा प्रकाशित

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नायब प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैंठकले कँडेललाई आगामी चारवर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरेपछि कँडेल कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रको सेवामा कँडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको बैंकले जनाएको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कँडेल १६ वर्षदेखि सिद्धार्थ बैंकका विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत चार वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएको जनाइएको छ । बैंक सञ्चालनमा कँडेलको विशेष दखल रहेको तथा सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नुअगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव सँगालेको जनाइएको छ ।
नवनियुक्त सिईओ कँडेल रामेछाप निवासी हुन् । कँडेल रामेछापस्थित गौरीशकंर माविमा पूर्व विद्यार्थी समेत हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस