यु–१९ महिला फुटबल टोलीले आज भुटानसँग खेल्दै
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | १०:१०:०० मा प्रकाशित

काठमाडौं । उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको नेपाली यु–१९ महिला फुटबल टोलीले शुक्रबार (आज) भुटानविरुद्ध खेल्दैछ ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो ।
दुई खेल सकिँदा भारत ६ अंकका साथ शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान चार अंक छ । भुटानले पनि यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो । भुटान बंगलादेशसँग ६–० तथा भारतसँग ५–० ले पारजित भएको थियो । श्रीलंकाले भने एउटा खेल पनि जित्न सकेको छैन ।
उपाधि होड कायम राख्न नेपाललाई बाँकी खेल जित्नै पर्नेछ । नेपालले आज भुटानसँग, आइतबार भारतविरुद्ध खेल्न बाँकी छ ।
राउण्डरोबिन लिग पद्धतीमा खेलाइएको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल पहिलो संस्करणको उप विजेता टोली हो । बंगलादेश गत संस्करणको विजेता टोली हो ।
नेपालले भुटानविरुद्ध बंगलादेशको ढाकास्थित बीर श्रेष्ठ शाहीद शाइपही मोस्तफा कमल रंगशालामा स्थानीय समयअनुसार सात बजे खेल्नेछ । सोही मैदानमा त्यसअघि आयोजक बंगलादेश र भारतले पनि प्रतिस्पर्धा गर्दैछन् । बंगलादेश र भारतको नतिजाले पनि नेपालको फाइनल खेल्ने समीकरणमा फरक पार्नसक्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस