भिनाजुकाे हत्या गर्ने सालाे पक्राउ
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | १३:१८:०० मा प्रकाशित

काठमाडाैं । भिनाजुमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालोलाई पक्राउ गरेको छ । ईटहरी उप-महानगरपालिका वडा नम्बर ४ मा भिनाजुमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालोलाई पक्राउ गरेको हाे ।
मृत्यु हुनेमा ५१ वर्षीय श्री मुरारी गिरी रहेमन छन् । उनीमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले सालो पर्ने १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए । उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो ।
मंगलबार साढे ४ बजे सालो राईले अचानक गिरीको छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएकाे छ ।
घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस