देउवालाई पौडेलकाे बधाई : सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस्
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | १२:०६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् ।
लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस आवश्यक रहेकामा जोड दिएका छन् ।
आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत् जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।’
पौडेल थप लेख्छन्, ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस