एमसीसीविरोधी दलहरु एक ठाउँ भेला, संसद भवन चारैतिरबाट घेराउ गर्ने तयारी
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | ११:१७:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी राजनीतिक दलहरु एक ठाउँमा भेला भएका छन् ।
मंगलबार शुरु हुन लागेको संघीय संसदको दशौं अधिवेशनमा एमसीसीको प्रस्ताव लैजान लागेको भन्दै दलहरु आन्दोलित भएका हुन् ।
माओवादी नेता नारायण शर्माको संयोजकत्वमा गठिन एमसीसी खारेज अभियानले मंगलबार काठमाडौंकाे नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्न लागेको हो ।
संघीय संसदको तीन वटा आर्कबाट प्रदर्शन गर्ने तयारी गरिएको अभियानका संयोजक नारायण शर्माले जानकारी दिएका छन् । पूर्वी आर्क शान्तिनगर गेट अगाडि, पश्चिमी आर्क एभरेस्ट होटेल अगाडि र उत्तरी आर्क व्हाइट हाउस कलेज अगाडिबाट घेराउ गर्ने शर्माले जानकारी दिए । उनीहरुले अपरान्ह १२ः ३० देखि प्रदर्शन गर्ने जनाएका छन् ।
एमसीसीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपासहित २६ भन्दा बढी दल तथा संगठनहरु अभियानमा सहभागी छन् ।
देशब्यापी आन्दोलन थालेको एमसीसी खारेजी अभियान अन्तर्गत संयुक्त संघर्ष समिति चितवनले मंगलबार चितवन जिल्ला बन्द गराएको छ ।
चितवन बन्दको क्रममा प्रहरीले मंगलबार विहानै क्रान्तिकारी माओवादीका चितवन इन्चार्ज घनश्याम सापकोटा ‘विकास’लाई पक्राउ गरेको छ ।
अभियानका केन्द्रीय संयोजक शर्माले आज नै विज्ञप्ति जारी गरी सापकोटालाई पक्राउ गरिएकोमा निन्दा गर्दै ससम्मान शीघ्र रिहाईको माग गरेका छन् । संघर्ष समितिले सोमवार काठमाडौंस्थित एमसीए कार्यालय अगाडि प्रदर्शन गरेको थियो ।
संसदको अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस