एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण बिहीबार, २०८१ | १५:०२:०० मा प्रकाशित

काठमाडाैँ । राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् ।
राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए । उनले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराए ।
यस्तै राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले संविधान बनेको १० वर्षमा सबै पार्टीहरु सरकारको सञ्चालनमा पुगेपनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाइन् ।
राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे ।
शुन्य समयमा सदस्यहरुले आफ्ना जिल्लामा अवरुद्ध विकास निर्माण तथा उद्योग व्यवसाय सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस